काठमाडौं महानगर : १ लाख ४ हजार मतगणना, बालेनले पुर्‍याए ३७ हजार

लोकपथ
1.7k
Shares

काठमाडौं । काठमाडौं महानगरको हालसम्म १ लाख ४ हजार ८ सय ५ मतको गणना भएको छ । जसमध्ये मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ठूलो मतान्तरसहित अग्रता कायम गरेका छन् ।

निर्वाचन आयोगले ८ः४५ सम्म दिएको विवरणअनुसार साहले ३७ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ठूलो मतान्तरसहित पछ्याइरहेकी छिन् ।

हालसम्म सिंहले २१ हजार २ सय २४ मत प्राप्त गरेका छन् । यसरी हेर्दा साह र सिंहबीच १६ हजार ७ सय २० मतको अन्तर देखिन्छ । यता नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २० हजार ७ सय ४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी राप्रपाका उम्मेदवार मदनकृष्ण श्रेष्ठले ३ हजार ३ सय ५६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?