२३ असार २०७९, बिहीवार

सातामा दुई दिन बिदा दिने निर्णयबाट ब्याक हुँदै सरकार

२०७९,जेष्ठ,८,आईतवार ०८:०७

9.486k
Shares

काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ।

बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ।

सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरावलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएका थिए ।

उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए। ‘खासगरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारिक भएको गुनासो आएको छ,’ सामान्य प्रशासन मन्त्रालयका सचिव अधिकारीले भने, ‘दुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने हाम्रो तयारी हो। नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,८,आईतवार ०८:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रीपरिषदको निर्णय तत्काल

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन्

ताजा समाचार

खानेपानी तथा सरसफाइ विधेयक पारित
 २०७९,असार,२३,बिहीवार १६:३२
पानीमा डुबेर तीन जनाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १६:१९
बागलुङमा चट्याङ लागेर वृद्धाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १५:४९