भरतपुरको ताजा अपडेट : रेनु दाहालको फराकिलो अग्रता, कसको कति मत ?

लोकपथ
4.6k
Shares

चितवन । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।

आइतबार बिहानको मतपरिणामअनुसार दाहालले एमालेका उम्मदवार विजय सुवेदीसँग ७३८८ मतको अग्रता बनाएकी हुन् ।

हालसम्म भरतपुर महानगरपालिकामा ८९ हजार ४०८ मतगणना सकिएको छ ।

प्राप्त मतपरिणामअनुसार दाहालले ३५०४९ मत पाउँदा विजय सुवेदीले २७६६१ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११८२३ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३७२७३ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २१८८३मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?