काठमाडौं : अाजदेखि नेपाली सेनाको कमाण्ड पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सैनिक मूख्यालय, जंगी अड्डामा बलाधिकृत रथी थापालार्इ नेपाली सेना बुझबुझारथ गर्नेछन् । यसका लागि जंगी अड्डामा विशेष समारोह अायोजना गरिएको छ ।
अाफ्नो कार्यकाल सकिनु एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुसार प्रधानसेनापति क्षेत्री अाजैदेखि बिदामा बस्नेछन् ।
बिदामा बसेपनि भदाै २३ गतेसम्म क्षेत्री नै प्रधानसेनापतिका रूपमा रहने र थापाले पनि भदाै २३ गते नै प्रधानसेनापतिको जिम्मेवारी लिनेछन् ।
वि.सं. २०१७ भदाै २५ गते लमजुङको गाउँसहरमा जन्मिएका थापा नेपालको ४३ अाैं प्रधानसेनापति बन्न लागेका हुन् ।
बलाधिकृत रथी थापा वि.सं. २०३६ मा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया