निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी असन्तुष्ट, हालसम्म कति स्थानमा जित्यो ?

लोकपथ
1.3k
Shares

काठमाडौं । ५ दलीय गठबन्धनमा सामेल भएर निर्वाचनमा होमिएको दल एकीकृत समाजवादी यतिबेला निर्वाचनको परिणामबारे टिकाटिप्पणी गर्न थालेको छ ।

जारी मतगणनामा सोचेजस्तो परिणाम नआएको भन्दै केन्द्रीय तहका नेताहरु यतिबेला असन्तुष्टि जनाइरहेको छ । गठबन्धनमा आवद्ध भएर निर्वाचन लडे पनि आफ्ना उम्मेदवारहरुलाई अन्य दलहरुले मत नहालेको एकीकृत समाजवादीको आरोप रहेको छ ।

हालसम्म एकीकृत समाजवादी १७ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । भने २ स्थानमा अग्रता कायमै रहेको छ । भने उपप्रमुखमा भने २१ स्थानीय तहमा जित हासिल गरेको एकीकृत समाजवादीले ३ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

त्यसो त गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ । हालसम्म कांग्रेसले ३०८ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ भने १९ स्थानीय तहमा अझै अग्रता कायम गरेको छ । भने उपप्रमुखमा भने २८२ स्थानीय तहमा जित हासिल गरेको छ भने १८ स्थानीय तहमा अझै अग्रता कायम रहेको छ ।

त्यसैगरी गठबन्धनमै आवद्ध अर्को दल नेकपा माओवादी केन्द्रले ११९ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ भने अझै २ स्थानमा अग्रता कायम गरेको छ । भने उप्रमुखतर्फ १२३ स्थानमा जित हासिल गर्दै ६ स्थानीय तहमा अग्रता कायम गरेको छ । यता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टीले २६ स्थानीय तहमा जित हासिल गर्दै ६ स्थानीय तहमा अग्रता कायम गरेको छ । त्यसो त हालसम्म २९ स्थानीय तहको उपप्रमुखमा जित हासिल गर्दै १ स्थानीय तहमा अग्रता कायमै गरेको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको परिणाम अझै आइसकेको छैन । धेरै गाउँपालिका र नगरपालिका तथा ५ उपमहानगरपालिका र १ महानगरपालिकाको मत परिणाम आए पनि अन्यको बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?