रेनु दाहालको अग्रता ७ हजार नजिक

लोकपथ
2.4k
Shares

चितवन । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेनु दाहालको अग्रता ७ हजार नजिक पुगेको छ ।

शनिबार राति पौने ११ बजेको मतपरिणाम अनुसार उनले ६९३९ मतको अग्रता बनाएकी हुन् ।

हालसम्म ८३ हजार १ सय ११ गणना गर्दा दाहालले ३२ हजार ५ सय १९ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २५५८० मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११,२९६ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३४,९३४ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २००३१ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?