सिंहले मत बढाउँदा तेस्रो नम्बरमा पुगे स्थापित

लोकपथ
7.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेका केशव स्थापित तेस्रो नम्बरमा पुगेका छन् ।

नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा उक्लिँदा उनी तेस्रो तिर पुगेका हुन् । शनिबार राति १० बजे जानकारी गराइएको आधिकारिक मतपरिणामअनुसार सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् ।

सिर्जना श्रेष्ठले १९ हजार ३१५ मत पाउँदा एमालेका स्थापितले १८ हजार ९७८ मत पाएका हुन् । पहिलो स्थानमा भने फराकिलो मतान्तरसहित स्वतन्त्र उम्मेदवार बालेन्द्र साह रहेका छन् । उनले हालसम्म ३४ हजार ९ सय ३५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?