मेयरमा पराजित दिपक सिंहले भने- ‘हेटौँडाबासीले दिएको जनमतलाई कहिल्यै गद्दारी गर्नेछैन’ (भिडियोसहित)

लोकपथ
20.4k
Shares

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका उम्मेदवार बनेका दिपक बहादुर सिंहले हेटौँडाबासीहरुले दिएको जनमतलाई कहिल्यै गद्दारी नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मेयरको उम्मेदवार बनेका सिंहले पराजित भएसँगै एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई जनताले गरेको विश्वासलाई कहिल्यै मर्न नदिने बताएका हुन् ।

‘यो जनमत र मप्रतिको विश्वासलाई कहिल्यै मर्न दिनेछैन र गद्दारी गर्नेछैन भन्ने बचन पनि दिन चाहन्छु । अब उप्रान्त मेरो जीवन मकवानपुरमै बसी मकवानपुरकै जनताको सेवा सुख दुख र विकासमा समर्पण गर्छु ।’ उनले भिडियो मार्फत भनेका छन् ।

उपमहानगरमा निर्वाचिन जनप्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्दै नेता सिंहले हेटौँडालाई भ्रष्ट्रतारमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । साथै हेटौँडाका हरेक जनताहरुको सेवासुविधामा कुनै कमि आउन नदिनका लागि समेत आग्रह गरेका छन् । हटौँडाको हरेक वर्गका किसान, मजदुर, विद्यार्थी युवा तथा वृद्धवृद्धाहरुसँग आफ्नो पवित्र गठबन्धन भएको र त्यसलाई मतले प्रमाणित गरेको बताए ।

‘हेटाैँडा उपमहानगरपालिकालाई भ्रष्ट्राचारभुक्त नगरपालिका बन्ने छ भन्ने पूण विश्वास मैले लिएको छु । जनताको स्वास्थ्यको लागि राम्रो स्वास्थ्य उपचारको व्यवस्था र उच्चस्तरीय सेवासुविधा दिलाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’उनले भनेका छन्, ‘मैले पहिले नै भनिसकेको थिए, हेटौँडाको जनतासँग हेटौँडाका किसानसँग, हेटौँडाका मजदुरसँग महिला असहाय, गरिब विद्यार्थी, युवा भाइबहिनीहरुसँग र जेष्ठ अभिभावकहरुस्ाँग मेरो मन र मुटुको गठबन्धन छ । यो पवित्र गठबन्धन सत्ता स्वार्थभन्दा माथि उठेको गठबन्धन हो भन्ने अहिलेको यो मतले प्रमाणित गरेको जग्जायर भैसकेको छ ।’

त्यस्तै आफूलाई हलोमा मत दिने न नदिने सबैलाई धन्यवाद व्यक्त गर्दै आफ्नो बाँकी जीवन गृह जिल्ला मकवानपुरमै त्यहाँको जनताको सेवा गर्ने समेत बताए ।

‘मलाई हलोमा मत दिने सम्पूर्ण उपमहनगरबासीहरुलाई हाम्रो पार्टी र म व्यक्तिगत तर्फबाट समेत हार्दिक धन्यवाद दिन चाहान्छु । तथा सो मतको लागि व्यक्तिगत तर्फबाट ऋणी भएको छु । र सधैँ ऋणी नै हुनेछु । यो मतले मलाई सधैँ उर्जावान र बलशाली बनाउनेछ भन्ने विश्वास लिएको छु । यो जनमत र मप्रतिको विश्वासलाई कहिल्यै मर्न दिनेछैन र गद्दारी गर्नेछैन भन्ने बचन पनि दिन चाहन्छु । अब उप्रान्त मेरो जीवन मकवानपुरमै बसी मकवानपुरकै जनताको सेवा सुख दुख र विकासमा समर्पण गर्छु ।’ उनले भने ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरमा राप्रपाबाट मेयरको उम्मेदवार बनेका सिंह शनिबार आएको परिणाम अनुसार पराजित भएका छन् । अग्रता कायम गर्दै आएका सिंहले गठबन्धन र अन्य राजनीतिक दललाई टक्कर दिँदै २० हजार ५ सय २५ मत प्राप्त गरेका छन् ।

यता उपमहानगरको मेयरमा गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले जित हासिल गरेकी छिन् । भने उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानिया निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?