भरतपुर महानगरमा ८१ हजार मतगणना सकियो : रेनुको ‘युनिक’ अग्रता

लोकपथ
12.1k
Shares

चितवन । भतरपुर महानगरमा गठबन्धनबाट मेयरको उम्मेदवार रेनु दाहालले ६ हजार भन्दा बढीको अग्रता कायम गरेकी छिन् ।

हालसम्म ८१ हजार १ सय ९ मतको गणना गर्दा दाहालले ६ हजार ६ सय ६६ मतको ‘युनिक अग्रता कायम गरेकी छिन् ।

हालसम्म उनले ३१ हजार ६ सय ७६ मत प्राप्त गरेकी छिन् । भने उनलाई नेकपा एमालेबाट मेयरको उम्मेवार बनेका विजय सुवेदीले २५ हजार १० मत प्राप्त गरेका छन् । त्यसैगरी भूँइकटहर चिह्न लिएर उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायम राखेका छन् । हालसम्म अधिकारीले ३४ हजार ८६ मत प्राप्त गरेका छन् । भने उनलाई एमाले राप्रपाबाट उम्मेदवार बनेकी हिमला गुरुङले १९ हजार ४ सय ९४ मत प्राप्त गरेकी छिन् ।

हाल भरतपुर महानगर(१७ को ७९९ मतको गणना हुँदा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले ३८१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवारले २९६ मत प्राप्त गरेका छन् । यता वडा नं १८ को ३०० मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवारले १०८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले १४९ मतसहित अग्रता कायम गरेका छन् ।

यद्यपी हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?