काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई पक्राउ गरेको विषयमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले विरोध जनाएका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै वैद्यले सरकारको विरोध गरेका हुन् । आफूलाई कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको उनले बताए ।
गिरफ्तार भएका प्रकाण्ड लगायत अन्य कार्यकर्ताहरुलाई पनि जति सक्दो छिटो रिहा गर्न उनले सरकारसँग माग गरे ।
झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा पक्राउ परेका प्रकाण्डलाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया