गण्डकीमा ८३ पालिकाकाे मतपरिणाम सार्वजनिक, २ मा मतगणना जारी

लोकपथ
2.2k
Shares

८५ स्थानीय तह रहेकाे गण्डकी प्रदेशमा अहिलेसम्म ८३ पालिकाकाे मतपरिणाम सार्वजनिक भईसकेकाे छ । पछिल्लाे परिणाम अनुसार गण्डकीमा नेपाली कांग्रेस पहिलाे, नेकपा एमाले दास्राे र नेकपा माओवादी केन्द्र तेस्राे पार्टी बनेकाे छ ।

गण्डकी प्रदेशमा कुन पार्टीले कति ठाउँमा जिते ?

नेपाली कांग्रेस

पालिका प्रमुख : ३५

उपप्रमुखः ३०

 

नेकपा एमाले
पालिका प्रमुख : ३४

उपप्रमुखः ३२

 

नेकपा माओवादी केन्द्र
पालिका प्रमुख : ११

उपप्रमुखः १९

 

राष्ट्रिय जनमोर्चा
पालिका प्रमुखः २

उपप्रमुखः २

 

स्वतन्त्र
पालिका उपप्रमुख : १ (मनाङको डिस्याङ गाउँपालिका)

तनहुँको व्यास नगरपालिका र कास्कीकाे पोखरा महानगरपलिकाकाे मतपरिणाम भने आउन बाँकी नै रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?