सुत्केरी उद्धार गर्न गएको हेलिकोप्टर पूर्वी रुकुमको सदरमुकाम फर्कियो

काठमाडौं । दुई दिनदेखि बेथा लागेर बच्चा जन्माउन नसकेकी पूर्वी रुकुमकी एक सुत्केरीको उद्धार गर्न गएको हेलिकोप्टार खराब मौसमका कारण सदरमुकाम फर्किएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६ मयाङकी २० वर्षीया मानिक नेपालीलाई उद्धार गर्न बुधबार साँझ नेपालगञ्जबाट त्यसतर्फ लागेको हेलीकोप्टरबाट केहीं समय अघि खराब मौसमका कारण सदरमुकाम रुकुमकोट फकिएको छ । 

उद्धारका लागि हेलीकोप्टर आउने भएपछि सिकिस्त अवस्थामा रहेका मानिकलाई हेलिप्याड छेउँमा पु¥याएका आफन्तहरु भने निराश भएका छन् । ‘खराब मौसमका कारण हेलीकोप्टर विरामी भएको ठाउँसम्म पुग्न सकेन । भर्खरै सदरमुकाममा अवतरण भएको छ’, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने, ‘विरामीको अवस्था चिन्ताजनक छ भन्ने सुनिएको छ । मौसममा सुधार हुनासाथ हामी उद्धारको कोशिस गर्नेछौँ ।’

बच्चा जन्माउन नसकेर मानिकको ज्यानै जोखिममा परेपछि स्थानीय जनप्रतिनिधिले हेलीकोप्टरबाट उद्धारका लागि पहल गरिदिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग आग्रह गरेका थिए । उपराष्ट्रपतिले गृह मन्त्रालयको ध्यानाकर्षण गराएपछि सुत्केरी महिलाको उद्धारका लागि गृह मन्त्रालयले हेलीकोप्टर पठाएको थियो । 

स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि मानिकलाई घरमै राखिएको थियो । ‘उहाँलाई हिजोदेखि बेथा लागे पनि बच्चा जन्माउन सक्नु भएन, उहाँको ज्यान नै जोखिममा प-यो,’ पुथाउत्तरगंगा गाउँपालिका वडा नं। ६ का अध्यक्ष टोपबहादुर सेनले भने, ‘स्वास्थ्य चौकी लैजान पनि स्वास्थ्यकर्मी नै छैनन्, त्यहीं भएर उहाँको जीवन रक्षाका लागि हामीले उपराष्ट्रपतिज्यूमार्फत आग्रह ग-यौँ । हेलिकोप्टर आउँदैछ भन्ने सुनेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?