काठमाडौंमा मतान्तर बढाउँदै बालेन : कसको कति मत ?

लोकपथ
9.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर थप बढाएका छन् ।

हालसम्म साहले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित भन्दा १५ हजार ४ सय ३५ मतान्तरले अघि रहेका छन् ।

हालसम्म साहले ३३ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । भने एमालेका उम्मेदवार केशव स्थापितले १८ हजार १ सय ८९ मत प्राप्त गरेका छन् । त्यसैगरी उनलाई गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ हजार ५४ मतसहित पछ्याइरहेकी छिन् ।

यता उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ५ सय ७५ मत प्राप्त गरेकी छिन् । उनलाई गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् ।

हाल प्रदर्शनीमार्गको राष्ट्रिय सभागृहमा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?