विप्लवद्वारा प्रतिरोधात्मक कार्यक्रम सार्वजनिक

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले प्रतिरोधात्मक कार्यक्रमहरुको कार्य तालिका सार्वजनिक गरेका छन् ।

पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै प्रतिरोधात्मक कार्यक्रम सार्वजनिक गरेका ह्न् । 

आज राजधानीमा प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक मूल्यमान्यता मिचेको आरोप लगाएका छन् । सरकारको यस्तो रबैयाको कडा प्रतिवाद गर्न पार्टीले नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वानगरेको विज्ञप्तिका उल्लेख गीरएको छ ।  

उनीहरुले साउन २५ देखि २९ गते सम्मको प्रतिरोधात्मक कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रेस विज्ञप्ति
    हिजो बेलुका७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्ड सहित तीन जनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ । सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सनागर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्दगर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएमकमरेडहरू, सीसीएम कमरेडहरू लगायत सबै कमरेडहरूलाई बिनासर्त रिहागर्न जोडदार माग गर्दछ ।  अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको छ । सरकारको यो रबैयाको कडा प्रतिवादगर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ । 
    हाम्रो पार्टी नेपाली जनताको अपूरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा रहेको छ । हाम्रो पार्टी यो अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने दुःस्वप्नन देख्न चेतावनी दिन चाहन्छ । इतिहासले पुष्टि गरेको सत्य के हो भने दमनले प्रतिरोध जन्माउँछ र जनतामाथि लूट मच्चाउनेहरूको स्वर्ग ध्वस्त हुन्छ । दमनले भीषण सङ्घर्ष निम्त्याउँछ । दमनको बाटो भनेको पराजयको बाटो हो भन्ने यो सरकारले बुझिराखे हुन्छ । यो दमनले हामी एक रत्ति पनि विचलित भएका छैनौँ । सबै कमरेड, समर्थक र शुभचिन्तकलाई आफ्नो क्षेत्रमा डटिरहन अनुरोध गरिन्छ । त्यसैले तुरुन्तै प्रतिरोधात्मक कार्यक्रम सार्वजनिक गरिएको छ : 
२०७५ साउन २५ गते देशव्यापी कोणसभा
२०७५ साउन २६ गते विरोधसभा
२०७५ साउन २७गते भण्डाफोर
२०७५ साउन २८ गते मशालजुलुस
२०७५ साउन २९ गते नेपालबन्द
२०७५ साउन २९ गते नेपालबन्द
क्रान्तिकारी अभिवादन सहित
२०७५ साउन २३ गते विप्लव
महासचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?