हालसम्म ६८३ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थानमा जिते ?

लोकपथ
3.1k
Shares

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अघिकांश स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । शनिबार बिहानसम्म एक महानगरसहित ६८३ स्थानीय तहको मतपरिणाम आइसकेको छ । मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको हो ।

परिणामअनुसार नेपाली कांग्रेसले ३०४ स्थान जित कांग्रेस पहिलो स्थानमा देखिएको रहेका छन् । एमालेले १८६ स्थानमा जितेर स्थानमा जित हात पारेर दोस्रो स्थानमा रहेका छन् । हालसम्म माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ ।

यस्तै जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको छ । अन्य दलले २७ स्थानमा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?