काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस-सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरे वापतको रकम उपलब्ध गराउन निर्णय गरेपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशन समेत दिएको छ ।
‘वीर अस्पतालको सरसफाइ गर्ने क्रममा धुर्मुस-सुन्तली फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।
मन्त्रालयसँग उक्त रकम नभएका कारण अहिलेलाई मन्त्रालयले वीर अस्पतालमार्फत नै उक्त रकम लिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया