विराटनगर महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले विजयी

लोकपथ
2.3k
Shares

काठमाडौं । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्की निर्वाचित भएका छन् । कोइराला भारी मतान्तरसहित निर्वाचित भएका छन् । कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर निर्वाचित भएका हुन् ।

कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाएका छन् ।

त्यसैगरी, उपमेयरमा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् । उनले २५ हजार ६ सय ८० मत ल्याएकी छन् । कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन् । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?