कैलालीको जानकी गाउँपालिकामा रेशम चौधरी नेतृत्वको पार्टीका उम्मेदवार निर्वाचित

लोकपथ
416
Shares

काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जानकी गाउँपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टी उम्मेदवार गणेश चौधरी र उपप्रमुखमा लालमतीदेवी कठरिया निर्वाचित भएका हुन्।

चौधरीले ७ हजार १ सय ५१ मत ल्याई निर्वाचित भएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार परशुराम महतौ (कठरिया)ले ५ हजार २ सय ४२ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार लालमतीदेवी कठरिया ६ हजार ५ सय ६२ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार गीता चौधरीले ४ हजार ८ सय ५८ मत ल्याएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?