धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नेपाली कांग्रेसका मेयरमा नेपाली कांग्रेसका जित नारायण यादव ३ हजार १०८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रामचलितर यादवले २ हजार ७६० मत ल्याएका छन् भने राप्रपाका जेकसन हमाल ठकुरीले २ हजार ६७० मत पाएका छन् ।
त्यस्तै, निवर्तमान मेयर रामबाबु यादव १ हजार ३२३ मत ल्याएर छैठौं स्थानमा रहेका छन् । जसपाले टिकट नदिएपछि लोसपामा प्रवेश गरेका निवर्तमान मेयर यादवले आफ्नो जमानत पनि जोगाउन सकेन ।
त्यस्तै उपमेयरमा कांग्रेसकी तुलसा कुमारी पाण्डेय निर्वाचित भएकी छन् ।
उनले ३ हजार २८३ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी गणिता कुमारी महतोले २ हजार ४२९ मत ल्याइन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रकी श्रीविन्दु मास्केले २ हजार २६६ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया