६७५ स्थानीय तहको नतिजा घोषणा

लोकपथ
0
Shares

एक साताअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनको जारी मतगणनाबाट ६७५ स्थानीय तहको नतिजा घोषणा भएको छ । निर्वाचन आयोगले बाँकी रहेका कतिपय स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।
अब ७८ स्थानीय तहका नतिजा आउन बाँकी रहँदा धेरैजसोको अन्तिम चरणमा पुगेको हो । वैशाख ३० गते बिथोलिएका केही स्थानीय तहमा भने अझै गणना हुन बाँकी छ ।
आयोगका अनुसार नेपाली काँग्रेस सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो बनेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?