नुवाकोटको विदुरमा गठबन्धनका उम्मेदवार विजयी

लोकपथ
189
Shares

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा राजन श्रेष्ठ र उपमेयरमा प्रभाव बोगटी विजयी भएका छन् । विदुरमा भएको सत्ता गठबन्धनबीचको तालमेल दुबै पदमा सफल भएको छ ।

निर्वाचन आयोगका अनुसार मेयरका उम्मेदवार नेपाली कांग्रेसका श्रेष्ठले १५ हजार ८२६ मत पाएर विजय हासिल गरेका छन् भने माओवादी केन्द्रकी प्रभाले १२ हजार ८६० मत पाएकी छन् । नुवाकोटको तुप्चेकी प्रभाव बोगटी दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी हुन् ।

मतपरिणामअनुसार प्रभावले उपमेयरमा एमालेकी अम्बिका पौडेललाई हराएकी हुन् । अम्बिकाले ११ हजार ९९५ मत पाइन । यस्तै श्रेष्ठले एमालेकै सञ्जु पण्डितलाई हराएका हुन् । सञ्जु १२ हजार १५४ मत ल्याएर पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?