सिन्धुपाल्चोकका नवनिर्वाचित प्रमुखले लिए शपथ

लोकपथ
13
Shares

चौतारा । सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहमा निर्वाचित ११ नगर-पालिकाका प्रमुखहरूले शपथग्रहण गरेका छन् ।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्र प्रकाश तिवारीले विजेता प्रमुखहरूलाई सदरमुकाम चौतारामा शपथग्रहण गराएका हुन् ।

स्थानीय तह निर्वाचन २०७९मा सिन्धुपाल्चोकको सबै स्थानीय तहमा निर्वाचित चौतारासागाँचोकगढी , मेलम्ची र बाह्रबिसे नगरपालिकाका प्रमुख त्यस्तै लिसङखुपाखर , हेलम्बु , जुगल , त्रिपुरासुन्दरी , भोटेकोसी , ईन्द्रवती , बलेफी र सुनकोसी गाउँपालिकाका अध्यक्षहरूले शपथ लिएका छन् ।

सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् जसमा नेपाली कांग्रेस ५, माओवादी केन्द्र ४ र नेकपा एमाले ३ पालिकाका प्रमुखमा विजयी भएका छन् । एक पालिका अध्यक्ष भने उपस्थित हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?