सल्यानमा हावाहुरीले घरको छाना उडाउँदा एक जना घाइते

लोकपथ
77
Shares

सुर्खेत । सल्यानमा हावाले घरको छाना उडाउँदा एक जना घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिमा एक भितिवनमा हावाहुरीले घरको जस्ताको छाना उडाउँदा २२ वर्षका मित्र वादी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

स्थानीय पर्ते वादीको तीन कोठे घरको छाना उडाएको स्थानीय सुशील वादीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?