टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघ्यो

लोकपथ
273
Shares

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको टेलिकमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख २ हजार ५० रहेको छ ।

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ७ हजार २२९ टुजी प्रविधिका ग्राहक गरेको प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो महिना अर्थात २०७ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो ।

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी तथा एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको जनाएको छ ।

फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनु पर्द भने फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा पनि हुनु जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?