चर्चामा आउने दाउमा युवतीका अनेक ‘स्क्यान्डल’ : सामाजिक सञ्जाल कि सम्भोग कक्ष?

काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएकी एक युवतीले आफ्ना विदेशी प्रेमी (ब्वाईफ्रेण्ड) सँग अंकमाल गरी अन्तरंग रमाइलो गरेको भिडियो विद्युतीय सामाजिक सञ्जाल फेसबूकमा अपलोड गरिन् ।

सबैले हेर्न मिल्ने गरी राखिएको सो भिडियोले उक्त युवती र उनका आफन्तलाई कस्तो असर पा¥यो, त्यो उनैले जानून् । तर, हेर्ने अधिकांश नेपालीले ती युवतीको त्यस्तो हर्कतमाथि तीतो प्रतिक्रिया दिए । यो भिडियोलाई सञ्जालबाटै हटाउन समेत माग गरे नेपालीले ।

सर्वसाधारणले भिडियो हटाउन आग्रह गरेपछि महानगरीय प्रहरी अपराध महाशाखा, टेकुले फेसबूकको सिंगापुर कार्यालयमा सम्पर्क गरी भिडियो हटाउन आग्रह ग–यो ।

सो भिडियो हटाउन माग गरेको हप्ता दिन नबित्दै अर्की नेपाली चेलीका नामबाट सञ्जालमा फेरि अर्को भिडियो ‘अपलोड’ भयो ।

आफूलाई चर्चित मोडल बताउने ती युवतीले पनि आफ्नै प्रेमी भनिनेसँग गरिएको अश्लील ‘बेड रोमान्स’ अपलोड गरेकी थिइन् । उनको त्यो भिडियो अझै पनि अश्लील भिडियोका साइटहरूमा छ ।

ती युवतीले एक अन्तर्वार्तामा मेरो भिडियो हेरेर अरुले रमाइलो लिइरहनुभएको छ समेत भन्न भ्याएकी थिइन् । आफूलाई मोडल समेत बताउने ती युवतीले भिडियो अस्वभाविक भाइरल भइपछि सामाजिक सञ्जालबाटै रोइलो गाउँदै अन्जानमा यस्तो भएको पनि बताएकी थिइन् ।

‘ती युवतीलाई अश्लील भिडियो हटाउन बारम्बार आग्रह ग¥यौं, तर हटाइनन्’, महानगरीय अपराध महाशाखा, टेकुका साइबर क्राइम पिलरका सई राजेश महर्जनले भने, ‘अश्लील भिडियो सञ्जालमा राखिदिने र त्यसपछि रकम वा अन्य वस्तु या सेवाका लागि सिधै ‘बार्गेनिङ’ गरे जस्तो देखिन्छ ।’

विगतमा महिलाको चरित्रहत्या गर्ने योजनाअनुरुप अरुले भिडियो तथा फोटो खिचेर राखिदिने गरेको, तर पछिल्लो समयमा नेपाली महिलाहरूले आफ्नो भिडियो आफै खिचेर सञ्जालमाा राख्ने समस्या देखिएको महर्जनले बताए । उनले भने, ‘यस्तो विकृति समयमै नियन्त्रणमा लिन नसकिए सामाजिक विकृति बढ्न सक्छ ।’

ती दुई मोडलजस्तै ‘पोर्न स्टार’ बन्ने सपना बुनेकी अर्चना पनेरु लगायतका युवतीले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर तथा भिडियोहरूले समाजमा नकारात्मक असर पार्ने दाबी प्रहरीको छ ।
तर, सामाजिक सञ्जालको आडमा खासगरी युवतीले यस्तो हर्कत देखाउन भने छोडेका छैनन् ।

त्यसो त अहिले सामाजिक सञ्जालमा बिन्दु परियार, ज्योति मगर, तिर्सना बुढाथोकी लगायतका पात्रहरुको उत्ताउलो नृत्य र अंग प्रदर्शनका तस्वीर भिडियोहरू अपलोड भइरहेका हुन्छन् । यसले पनि समाजप्रति विकृति फैलिएको आवाज उठिरहेको छ । सञ्जालमा राखिने यस्ता अश्लील सामग्री र उत्तेजनाले किशोरावस्थाका बालबालिकालाई बढी प्रभाव पार्ने प्रहरीको विश्लेषण छ । 

प्रहरी भन्छ, ‘युटयुबमा अपलोड गरिएका छाडा गाली–गलौज र अन्तरंग संवाद भएका सामग्रीहरू त किशोर उमेरका युवायुवती र बालबालिकाहरूका लागि झनै घातक छ ।’

‘मोडल’ भनिने युवतीहरूले आप्mना प्रेमीसँगका अश्लील भिडियोदेखि निकै भद्दा र उत्ताउलो दृश्यहरू खिचेर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । समाजले आदर्शको पर्याय बुझ्ने शब्द ‘मोडल’ कै मानमर्दन हुनेगरी राखिने यस्ता सामग्रीहरूले प्रहरीलाई निकै तनाव दिने गरेको छ ।

केही अघिसम्म एकले अर्कोको चरित्रहत्या गर्न अश्लील सामग्रीहरू सार्वजनिक गर्ने गरेकोमा पछिल्लोपटक आफूले आफनै चरित्रहत्या गर्ने नियतले आप्mनै अश्लील सामग्रीहरू सार्वजनिक गर्ने विकृति बढेको प्रहरी स्रोत बताउँछ ।

यो विकृतिको जालोमा बढीजसो किशोरी र युवतीहरू फसिरहेका छन् । प्रेमीबाट धोका पाएका, घरपरिवारसँग तनावको सम्बन्धमा रहेका, साथीहरूको लहैलहैमा लागेका र रातारात चर्चित बन्ने महत्वाकांक्षा बोकेका किशोरी र युवतीहरू यस्तो धन्दामा फस्ने गरेका छन् ।

सामाजिक सञ्जाललाई विकृत बनाउन नेपाली पुरुषहरू पनि उत्तिकै सक्रिय रहेको प्रहरीको बुझाइ छ । फेसबुकमा उत्ताउलो तस्वीर तथा भिडियो पोष्ट गर्ने, महिलामाथि तथानाम गाली गर्नेदेखि प्रेमिकासँगको रोमान्सका तस्वीर र भिडियो युट्युब तथा अन्य सामाजिक सञ्जालमा अपलोड गर्ने नेपाली पुरुषको संख्या बढ्दै गएको पाइएको छ ।

सूचना–प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो प्रयोगले सामाजिक विकृति बढेको भनाइ प्राविधिज्ञहरूको छ । फेसबुक र युट्युबमा अपलोड हुने भिडियो र तस्वीरलाई सो स्थानबाट हटाउन खोज्दा प्राविधिकहरू हैरानी बेहोरिरहेका छन् ।

‘हाल विद्युतीय सर्च इञ्जिन ‘गुगल’ बाहेक अन्य कम्पनीहरूले यस्ता तस्वीर र भिडियोहरू हटाउन आग्रह गर्दा समेत मान्दैनन्’, साइबर विज्ञ उमेश यादवले भने, ‘नेपाल प्रहरीलाई नै गुहार्नुपर्छ । प्रहरीले पत्राचार गरेको खण्डमा मात्रै हटाउने गरेको छ ।’

केही अघिसम्म यस्ता उत्तेजक भिडियो र फोटोहरू राखिने ‘पोर्न साइट’ हरू नेपाली महिलाका लागि छाडा, घृणा र पहुँचभन्दा बाहिरको विषयवस्तु थियो । तर, हिजोआज नेपाली महिलाहरू आफैले आप्mनो  भिडियो बनाएर यस्ता वेबसाइटलाई बिक्री गरिरहेको सञ्चार प्राविधिज्ञहरू बताउँछन् । 

यस्ता वेबसाइटहरूमा दुई दर्जन भन्दा बढी नेपाली महिलाहरूको अश्लील भिडियो अपलोड भएको छ ।

महाशाखाका सई महर्जनका अनुसार, प्रहरीले कतिपय महिलाहरूको भिडियो पत्राचार गरेर हटाउन लगाउने गरेको छ ।

यस्ता साइटहरूमा पुरानो भिडियो हटाउने बित्तिकै नेपाली महिलाहरूको नयाँ भिडियोहरू अपलोड हुने गरेको छ । पुरुषहरूले महिलालाई झुक्याएर अपलोड गरेको भिडियो हटाउन केही सजिलो भएपनि महिलाले नै आफूखुसी अपलोड गरेको भिडियो हटाउन सम्बन्धित वेबसाइटले आनाकानी गर्ने गरेको प्रहरी बताउँछ ।

सुन्दरनगरी पोखरा, धरान, राजधानी काठमाडौंस्थित विद्यार्थी बस्ने होस्टेल तथा होटलमा खिचिएका अश्लील भिडियोहरू पोर्नसाइटमा ‘अपलोड’ हुने गरेका छन् । खुला सोचको विकास भएसँगै यस्ता हर्कत पनि दोहोरिन थालेका छन् । 

यतिसम्म कि, श्रीमान वैदेशिक रोजगारमा गएको भन्दै आफ्नै चरित्र उदाङ्गो पार्ने महिलाहरूको भिडियो समेत सामाजिक सञ्जालमा छयाप्छ्याप्ती भेटिने गरेको छ ।

प्रहरीले सामाजिक सञ्जाल फेसबूक, युट्युब र पोर्न वेबसाइटमा अपलोड गरिएका तस्वीर तथा भिडियोहरू हटाउने ‘मेकानिजम’ को व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ । यसका लागि छुट्टै विशेष साइबर ब्यूरो गठन गर्न सकिने प्रहरीले बताउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?