खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए शपथ

लोकपथ
532
Shares

खोटाङ । खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले शपथ लिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही समयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दुई नगरपालिका र आठ गाउँपालिकाका नवनिर्वाचित प्रमुखलाई शपथ खुवाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राई, खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जरा, रावाबेँसी गाउँपालिकाका फटिकुमार श्रेष्ठ र साकेला गाउँपालिकाका अध्यक्ष रबीप्रकाश राईले शपथ लिएका हुन् ।

नवनिर्वाचित जनप्रतिनिधिलाई मुख्या निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले शपथ खुवाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?