मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

लोकपथ
858
Shares

काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार मोहनप्रसाद तुम्‍वापो निर्वाचित भएका छन् ।

उनले १२ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार नगेन्द्रबहादुर सुब्बाले ११ हजार १ सय ४६ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार देवीमाया काफ्‍ले ११ हजार ७ सय ४७ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार कविता पराजुलीले ११ हजार ३ सय ९० मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?