३ आश्विन २०७८, आईतवार

मन्त्रिमण्डल बन्यो ६४ सदस्सीय, राप्रपाका को—को बने मन्त्री ?

२०७४,आश्विन,२८,शनिवार १४:५०


काठमाडौं, २८ असोज— निर्वाचन आयोगको सहमतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राप्रपाका ४ मन्त्री र ४ राज्यमन्त्रीको सपथ भएको छ ।शनिबार राती राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति विद्यदेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै दीलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका छन् । यस्तै सुशील श्रेष्ठ, क्रान्ता भट्टराई, कुन्ती शाही र भास्कर भद्राले राज्यमन्त्रीको रुपमा सपथ लिएका छन् ।देउवाले मन्त्रिमण्डल विस्तार गरेको यो छैटौं पटक हो । देउवाले पछिल्ले समय राप्रपाका ८ जनालाई सरकारमा सहभागि गराएसँगै मन्त्रिपरिषद्को संख्या ६४ सदस्सीय बनेको छ ।यसअघि २०५२ सालमा ५२ सदस्सीय मन्त्रिमण्डल बनाएर बद्नामी कमाएका देउवाले २०७४ सालमा आइपुग्दा मन्त्रिमण्डलको आकारमा एकपछि अर्को गरी बढाउँदै आफ्नै रेकर्ड तोड्दै आएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार १४:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्ने बताएका छन् । सातौँ संविधान दिवसका

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सातै प्रदेशमा तत्काल प्रदेश प्रहरीको व्यवस्था हुनुपर्ने बताएका छन् । महेन्द्रनारायण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त

काठमाडौँ । पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुमतको सरकार फेरिने तथा पटक–पटक संसद्

ताजा समाचार

रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१