बालेनले फेरि बढाए मतान्तर

लोकपथ
5.8k
Shares

काठमाडौं । काठमाडौं महानगरको जारी मतपरिणाम थप रोचक बन्दै गइरहेको छ ।

हालसम्म काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले मतान्तरलाई थप बढाएका छन् । हालसम्म उनले २८ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार ३ सय १२ मत प्राप्त गरेका छन् । यसरी हेर्दा साह र स्थापितबीच १३ हजार ५ सय ७० मतको अन्तर देखिन्छ ।

यता गठबन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४ हजार ७ सय ९८ मत प्राप्त गरेकी छिन् । भने उनलाई राप्रपाका उम्मेदवारले १ हजार ७ सय ९० मत प्राप्त गरेका छन् ।

यता उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् । उनले हालसम्म २६ हजार ५ सय ७५ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?