नवलपरासी । साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
बालिकालाई पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ बद्रिघाटका १८ वर्षीय शैलेन्द्र राजभरले फकाएर घरमा लगि बलात्कार गरेकोजिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।
आफ्नो ठुलीआमालाई परिवारसहित भेट्न आएकी बालिकालाई घर नजिकैका बलात्कार गरेको प्रहरीले बताए । पीडित बालिका भारतीय हुन् ।
पीडाका कारण बालिका रुन थालेपछि घटना बाहिर आएको हो ।
भारतको महाराजगञ्ज निचलौल थाना सिसनैया गाउँ बस्ने बालिका आफ्नी आमासँगै आएकी थिइन् ।
पक्राउ परेका राजभरलाई आवश्यक कारबाहीका लागी प्रहरी कार्यलयमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया