उजुरीको हदम्यादका कारण बलात्कारीले उन्मुक्ति नपाऊन् : प्रदिप पौडेल

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्था हटाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था आउनु नहुनेमा जोड दिएका हुन् ।

उनले बलात्कार जस्ता अपराधमा उजुरीका लागि समयसीमाको हदम्याद तोकिनु नहुने उल्लेख गरेका छन् ।

पौडेलले ट्वीटरमा लेखेका छन्, ‘मुलुकी अपराध संहिता २०७४,बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ। पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ। बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था छ। यस्ता अपराधमा समयसीमाको हदम्याद तोकिनु हुन्न ।’

केही दिनअघि मात्रै एक किशोरीले सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट जघन्य बलात्कारमा परेको घटना सार्वजनिक गरेपछि सामाजिक सन्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्थाको चर्को विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?