हेटौंडा । हेटौंडाको ओम्याक्स हलमा आगलागी भएको छ । विद्युत लाइन सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले बताएको छ ।
हलभित्र रहेका कर्मचारीहरु भने सुरक्षित रुपमा बाहिर निस्किएका छन् ।
आगो नियन्त्रणको लागि हेटौंडा उपमहानगरपालिकाको दमकल घटनास्थल पुगिसकेको छ भने चितवनबाट समेत दमलक घटनास्थल पाठाइएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया