०७४ भन्दा माओवादीले सुधार्यो स्थानीय तहको सिट, अझै बढ्ने संकेत

लोकपथ
6.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा सिट संख्यामा वृद्धि गरेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले देशभर १०६ पालिकामा जित हासिल गरेको थियो । तर ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको सबै स्थानीय तहको परिणाम आइनसक्दै माओवादी केन्द्रले पहिले भन्दा बढी स्थानमा जित हासिल गरेको हो ।
हालसम्म १११ स्थानको प्रमुखमा जित हासिल गरिसकेको छ । भने अझै १४ स्थानमा अग्रता कायमै रहेको छ । यता उपप्रमुखमा भने ११९ स्थानीय तहको उपप्रमुखमा जित हासिल गरेको छ । भने ८ स्थानमा अग्रता कायम गरेको छ ।

त्यसो त अघिल्लो स्थानीय तहको निर्वाचनमा २९४ स्थानमा जित हासिल गर्दै पहिलो बनेको नेकपा एमाले यस निर्वाचनमा दोस्रो बन्ने देखिएको छ । हालसम्म नेकपा एमालेले १७९ स्थानमा मात्र निर्वाचित भएको छ । भने १९ स्थानमा मात्र अग्रता कायम गरेको छ । यता अघिल्लो स्थानीय तहको निर्वाचनमा २६६ स्थानीय तहमा जित हासिल गर्दै दोस्रो बनेको नेपाली कांग्रेसले यस निर्वाचनमा पहिलो बन्ने देखिएको छ । हालसम्म कांग्रेसले २९२ स्थानीय तहमा जित हासिल गरिसकेको छ भने हालसम्म ३४ स्थानमा अग्रता कायम गरेको छ ।

हालसम्म साढे ६ सय स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । यद्यपी अन्य स्थानमा भने मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?