संवैधानिक परिषदको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण संवैधानिक परिषद्को आज बस्ने भनेको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । 
उपचारका लागि उनी बुधबारै सिंगापुर जाने भएकाले परिषद्को बैठक स्थगित गरिएको हो ।

प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्न बस्ने भनिएको परिषद्को बैठक अर्को कुनै मिति तय नगरी स्थगित भएको गरिएको हो । 

देउवा दिउँसो १ बजे श्रीमति आरजुसहित उपचारका लागि सिंगापुर जाँदैछन् । 

यसअघि उनी गत साउन ६ गते नै सिंगापुर जाने तय भएपनि गोविन्द केसी प्रकरणमा आन्दोलन उत्कर्षमा रहेकाले त्यसवेला देउवाले आफ्नो भ्रमण स्थगित गरेका थिए । 

नयाँ प्रधानन्यायाधीशका लागि यसअघि नै न्याय परिषद्ले दुई जनाको नाम परिषदमा पठाएको छ । 

न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?