वरिष्ठ कलाकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा निधन

काठमाडौं । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको मृत्यु भएको छ । 
उनको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको हो । 

आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवासबाट बाहिर आएका थिएनन् । 

उनको आत्मकथा ‘हर्मिताज: अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुन् । 

कान्छो छोरा विदेशबाट आएपछि मात्र बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उनको श्रीमती, दुई छोरा र दुई छोरी छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?