वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२७ मा नेपाली कांग्रेसको विजय र्यालीमा सहभागी हुनेहरुमाथि आक्रमण भएको छ ।
वडामा नेपाली कांग्रेसका उम्मेदवारहरुले जित हासिल गरेसँगै र्याली गरेको थियो । बिहीबार राति भएको र्यालीमा आक्रमण हुँदा सहभागी ६ जना घाइते भएका छन् । नेकपा एमालेबाट वडाध्यक्षको प्रत्यासीसहितको समूहले आक्रमण गरेको कांग्रेसले आरोप लगाएको छ ।
उक्त आक्रमणमा परी सोही स्थानका नेमा रेशा, आइसा भन्ने मुन्नी खातुन, मलिक नुनिया, मोहमद नुराइन, मोहमद मिँया र जाहिर हवारी घाइते भएका छन् । आक्रमणमा परी टाउकोमा चोट लागेको र उनीहरुमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् भने अन्य २ जना उपचाररत रहेका छन् ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार हृदयनारायण कुर्मी विजयी भएका छन् । उनले १ हजार ५ सय १६ मतसहित जित हासिल गरेका हुन् भने नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार यादवले १ हजार १ सय १६ मतसहित उपविजेता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया