काठमाडौं । नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीमा बढुवा गरेको हो ।
हाल नेपाल प्रहरीको एआईजीमा ५ एआईजीको दरबन्दी रिक्त थियो जसमा सरकारले लामालाई मात्रै बढुवा गरेको हो । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदै छन् ।
त्यस्तै, सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । एआईजीमा बढुवा भएसँगै पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब २ वर्ष आईजीपी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया