काठमाडौँ । महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ४ सय नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । महाशाखाले आर्थिक वर्ष २०७४ / ७५ मा ठगी, कर्तव्य ज्यान, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध, डाँका, चोरी, अपहरण, हातहतियार, बैंकिङ कसुर, सार्वजनिक अपराध, जुवालगायत सम्बन्धी मुद्दा दर्ता गरेको हो।
यस्तै अवैध वन्यजन्तु सम्बन्धी आठ, लागूऔषध ६, ज्यान मार्ने उद्योग ६, हातहतियार तथा खरखजना तीन, डाँका दुई, जबर्जस्ती करणी दुई, कारागारबाट फरार दुई, अपहरण तथा बन्धक दुई, खुनडाँका एक, सम्पत्ति शुद्धीकरण एक, कालोबजारी एक, स्रोत नखुलेको सम्पत्ति एक तथा जुवा खेलाउने एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । उप्रेतीका अनुसार महाशाखाले ४सय नौ अपराधका घटनामा ६ सय ६४ व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा सामाजिक सञ्जालबाट सिर्जना भएका घटनामा वृद्धि भएको महाशाखाले जनाएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै विद्युतीय कारोबार ऐनका घटनामा वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया