ओलीको गृहनगरमा ढल्यो एमालेको सत्ता, दमकको मेयरमा राप्रपा विजयी

लोकपथ
4.2k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका गृहनगर दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार आएको अन्तिम मतपरिणामअनुसार गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका राम थापा विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम सार्वजनिक हुँदा थापा विजयी भए पनि निर्वाचन आयोगले भने औपचारिक घोषणा भइसकेको छैन ।

झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । यसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?