काठमाडौं झनै रोचक बन्दै प्रतिस्पर्धा : बालेन १२ हजार बढीको अग्रतामा

लोकपथ
7.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १२ हजार २ सय १५ मतसहित अग्रता कायमै राखेका छन् ।

जारी मतगणना अनुसार बालेनले २६ हजार ६ सय १ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् ।

यता गठबन्धनबाट उम्मेदवार बनेकी काग्रेसकी सिर्जना सिंहले १३ हजार ४ सय १ मत प्राप्त गरेकी छिन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका मदनदास श्रेष्ठले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।

अन्य राजनीतिक दलहरुले राम्रो भोट पाउने भन्ने आंकलन गरिएको क्षेत्रमा समेत बालेनले अग्रता कायम गरेसँगै प्रतिस्पर्धा थप रोचक बनेको छ ।

यता उपमेयरमा भने एमालेकी उम्मेदवार सुनिता डंगोलले २६ हजार ५ सय ७५ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छिन् । भने उनलाई निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मतसहित पच्छ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?