कागेश्वरी मनोहरामा उल्टियो सत्ता, मेयरमा कांग्रेसका कार्की निर्वाचित

लोकपथ
2.5k
Shares

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीले जित हासिल गरेका छन् ।

शुक्रबार आएको अन्तिम मतपरिणाम अनुसार कांग्रेसबाट मेयरका उम्मेदवार बनेका कार्कीले ११ हजार ३ सय २२ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । यता उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामशरण ढुंगानाले ८ हजार २ सय ६३ मत प्राप्त गरेका छन् ।

त्यसो त उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शान्ता थापाले जित हासिल गरेकी छिन् । उनले ९ हजार ९ सय ७५ मत प्राप्त गरेकी छिन् ।

उनले सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार भोला चापागाईंलाई पराजित गरिन् । चापागाईंले उपमेयरमा ५ हजार ४ सय २२ मत प्राप्त गरेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा कागेश्वरी मनोहराको मेयरमा एमालेका कृष्णहरि थापा निर्वाचित भएका थिए । यसपटक निर्वाचित भएका कार्की भने त्यतिबेला ४ सय ४२ को मतान्तरले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?