यस्तो छ भरतपुरको पछिल्लो मतगणना अपडेट

लोकपथ
5.4k
Shares

चितवन । सबैभन्दा चासो र चर्चाको रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

केहीबेरअघि सार्वजनिक मतपरिणामअनुसार हालसम्म कुल ५४ हजार २४४ मतगणना भएको छ । जसमा दाहालको अग्रता ३२८४ ले अग्रता बनाएको निर्वाचन आयोगले जनाएको छ ।

मतपरिणामअनुसार रेनु दाहालले २० हजार ५५७ मत र एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९०२ मत पाएका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ र राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत पाएकी छन् ।

यद्यपी मतगणना भने जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?