ललितपुरमा ४८ हजार मतगणना सकियो, चिरीबाबुको अग्रता फराकिलो

लोकपथ
1.2k
Shares

ललिपुर । ३० वैशाखमा सम्पन्न स्थानीत तह निर्वाचन अन्तर्गत ललितपुर महानगरपालिकामा शुक्रबार बिहानसम्म कुल ४४ हजार ८ सय ९९ मत गणना सम्पन्न भएको छ ।

पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता फराकिलो बनाएका छन् । गठबन्धनको समर्थनमा मेयर उम्मेदवार उनले १० हजार बढी मतको अग्रता बनाएका छन् ।

महर्जनले २२७२३ मत पाउँदा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १२५१३ मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादीका उम्मेदवारले ७९०० मत पाउँदा एमालेका उम्मेदवारले १२५२१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यद्यपी मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?