हेटौंडा उपमहानगरपालिकामा गठबन्धनकै अग्रता

लोकपथ
3.7k
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

सो उपमहानगरपालिकामा ६३ हजार १२४ मत गणना सम्पन्न हुँदा गठबन्धनकी मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामाले १९ हजार ९६४ मत पाएर अग्रस्थानमा छिन् ।

यस्तै, एमालेका अनन्त पौडेलले १८१९२ मत पाउँदा राप्रपाका दिपक सिंहले १७५६० मत पाएका छन् । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्मेदवार दिपक बहादुर सिङ १७ हजार ५६० मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यसैगरी उपमेयर उम्मेदवारमा गठबन्धनका तर्फबाट कांग्रेसका राजेश बानिया २६ हजार ४४६ मतसहित अग्रस्थानमा छन् । एमालेकी उम्मेदवार सुमित्रा काफ्ले १९ हजार १०२ मतसहित बानियालाई पछ्याइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?