काठमाडौं-राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यालय प्रयोजनार्थ पञ्चायतकालीन पोसाक दोहो¥याएको छ । विभाग र मातहतका कर्मचारीका लागि निजामती र पञ्चायतकालीन दुई थरी पोसाक अनिवार्य गरिएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छापेकाे छ ।
निजामती पोसाकसहित गाढा हरियो र कफी रङ मिश्रित पाइन्ट, घ्यु रङ मिश्रित सर्ट र पाइन्टकै रङ मिल्दोजुल्दो ज्याकेट र स्वेटर लगाउनुपर्ने व्यवस्था तोकिएको हो । यस्तो पोसाक वन्यजन्तु विभाग र मातहतका निकायमा कार्यरत कर्मचारीका लागि २०४४ सालमा अनिवार्य गरिएको थियो । सबै सरकारी कार्यालयमा सेतो सर्ट र नीलो पाइन्ट, नीलो कोर्ट÷स्वेटर अनिवार्य गरिएसँगै पुरानो पोसाक हटेको थियो ।
विभागले चालू आर्थिक वर्षदेखि निजामती पोसाकसहित बुधबार र बिहीबारका लागि यस्तो पोसाक अनिवार्य गरेको छ । बुधबार र बिहीबारका लागि तोकिएको ‘डे«सकोर्ड’ पञ्चायतकालीन नभएर वन्यजन्तु मैत्री पोसाक भएको बताउँदै विभागका महानिर्देशक मनबहादुर खड्काले भने– ‘अन्तर्राष्ट्रिय अभ्यासको वन्यजन्तु मैत्री पोसाकलाई (रिभाइभ) पुनः जीवन दिइएको हो ।’ विभागसहित विभिन्न १२ निकुञ्ज, ६ संरक्षण क्षेत्र, कोसी टप्पु वन्यजन्तु आरक्ष र ढोरपाटन शिकार आरक्षमा कार्यरत कर्मचारीका लागि यस्तो पोसाकको व्यवस्था गरिएको हो ।
गत वर्ष माघ दोस्रो साताको मन्त्रिपरिषद्को बैठकले पुरानो पोसाक दोहो¥याउने निर्णय गरेकोमा विभागले चालू आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया