हालसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?

लोकपथ
3.5k
Shares

काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार बिहानसम्म ७५३ स्थानीय तहमध्ये ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।

नेपाली कांग्रेस हालसम् २७३ पालिकामा जित हासिल गरेको छ । १७१ स्थानमा जित हासिल गर्दै नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । त्यसैगरी, नेकपा माओवादी केन्द्रले १११ स्थानको प्रमुखमा जिते हात पार्दै तेस्रो स्थानमा रहेको छ ।

शुक्रबार बिहानसम्म जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै अन्यले २३ ठाउँमा जित हासिल गरेका छन् ।

उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?