मुसिकोट नगरपालिकामा केसी र मगर निर्वाचित

लोकपथ
1.7k
Shares

रुकुम पश्चिम । रूकुम पश्चिमीको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार निर्वाचित भएका छन् ।

मुसिकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसी ६ हजार ९ सय १४ मत ल्याएर विजयी भएका हुन् । केसीका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार बसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत ल्याए ।

यस्तै, उपप्रमुखमा नेकपा एसकी उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १ सय ४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार थलबहादुर ओलीले ५ हजार ९ सय ८५ मत ल्याएका छन् ।

१४ वडा रहेको मुसीकोटका ८ वडा माओवादीले जित्दा ६ वडा नेपाली कांग्रेसले जितेको छ । नेकपा एमालेले एउटा वडा पनि जित्न सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?