उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

लोकपथ
1.1k
Shares

मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयरमा एमालेका गंगाप्रसाद खरेल विजयी भएका हुन् । खरेलले निवर्तमान मेयर कांग्रेसका खड्ग फागोलाई १ हजार ८ सय ६६ मतले पराजित गरेका हुन् ।

उनले १२ हजार १ सय ५६ मत ल्याएका छन् । खड्ग फागो १० हजार २ सय ९० मत प्राप्त गरे ।

उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा निर्वाचित भएकी छिन् । खतिवडाले १० हजार ७२८ मत ल्याउँदा उनका नजिककी प्रतिस्पर्धी सिता कार्कीले १० हजार ६ सय ४० मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?