काठमाडौं महानगरपालिकामा बालेनकै बर्चस्व, कटाए २५ हजार मत

लोकपथ
9.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन्द्र साह ‘बालेन’को अग्रता कायमै रहेको छ ।

अहिलेसम्म मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २५ हजार मत कटाएका छन् । उनले २५ हजार ४ सय ९९ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् ।

उनलाई नेकपा एमालेका केशव स्थापीतले १३ हजार ४ सय ९९ सय मत ल्याउँदै पछ्याइरहेका छन् । त्यस्तै गठबन्धको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रसकी सिर्जना श्रेष्ठ १२ हजार ८ सय ४२ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

यता राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले एक हजार ७ सय १९ मत प्राप्त गर्दा सुमन सायमीले १ हजार १ सय १२ मत प्राप्त गरेका छन्

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता बनाएकी छिन् । उनले १९ हजार ९ सय ५६ ल्याएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार रामेश्‍वर श्रेष्ठले ६ हजार ३ सय ३१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?