सुनसरीको इनरुवामा भण्डारी र मेहता निर्वाचित

लोकपथ
2.9k
Shares

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाका नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको नेपाली कांग्रेसका उम्मेदवार केदार भण्डारी प्रमुख र उपप्रमुखमा कांग्रेसकै विनिताकुमारी मेहता निर्वाचित भएका हुन् ।

केदार भण्डारीले ११ हजार ८२४ मत ल्याउँदै निर्वाचित बनेका छन् उनका निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेलले ९ हजार ५३ मत मात्र पाए ।

यस्तै नगरको उपप्रमुखमा एमालेकी उम्‍मेदवार सहजादी प्रविन(आलम)लाई पराजित गर्दै कांग्रेसकी मेहताले जितेकी हुन्। मेहताले ११ हजार ४८० मत ल्याउँदा एमालेकी सहजादीले ९ हजार ५३७ मत मात्र पाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?